अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनमोहन अधिकारीको २५ औं स्मृति दिवश

मनमोहनका पाला देखि गाँउमा विकासको लहर आएको हो : अध्यक्ष ओली

मनमोहनका पाला देखि गाँउमा विकासको लहर आएको हो : अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवशका अवसरमा उहाँको सरकारले गरेको राम्रा कामको स्मरण गर्नुभएको छ । नेकपा एमालेका पूर्व तत्कालिन अधिकारीको २०५६ साल बैशाख १ गते निधन भएको थियो ।
अध्यक्ष ओलीले मनमोहनको क्याविनेटमा आफू गृहमन्त्री भएको स्मरण गर्दै त्यसबेला देशको शान्ती सुरक्षा मजवुद रहेको स्मरण गर्नुभएको छ । आफ्नो कार्यकालभरी एकजना नेपालीले पनि राज्यको पक्षबाट ज्यान नगुमाएको अध्यक्ष ओलीले स्मरण गर्नुभएको छ ।
२०५१ सालको मध्यावधी निर्वाचनपछि मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता,आफ्नो गाउँ आफैं बनाउँ जस्ता लोकप्रिय कार्यक्रम सुरु गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्ना प्रिय नेताप्रति श्रद्धान्जली अपर्ण गर्नुभएको छ । आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रको सुरुवात भए देखि नै गाउँमा सडक,पुल,विद्यालय भवन,स्वास्थ्य चौकी निर्माण तिव्र रुपमा हुन थालेको अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ ।