अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी प्रवर्द्धनमा मिडिया र पत्रकारलाई १२ करोड !

एमसीसी प्रवर्द्धनमा मिडिया र पत्रकारलाई १२ करोड !


काठमाडौं– विवादास्पद अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सञ्चार माध्यमबाट प्रवर्द्धन गर्नमात्रै झण्डै १२ करोड रुपैयाँ खर्च प्रस्ताव भएको दस्तावेज सार्वजनिक भएको छ ।

एक गोप्य दस्तावेजमा नेपालमा पत्रकार तथा सञ्चार माध्यमका लागि १ मिलियन अमेरिकी डलर (११ करोड ७४ लाख ६९ हजार १ सय रुपैयाँ) खर्च प्रस्ताव गरिएको उल्लेख छ ।

दस्तावेजअनुसार टेलिभिजन च्यानलहरुमा नाइट टीभी, एपी वान टीभी, कान्तिपुर र हिमालय टीभीको नाम उल्लेख छ । एपी वान टेलिभिजनले एमसीसी प्रवर्द्धनको विज्ञापन प्रसारण सुरु भएलगत्तै बन्द गरेको थियो ।

बजेटअनुसार सम्बन्धित पत्रकार तथा सञ्चार माध्यमले भुक्तानी लिए/नलिएको पुष्टि भएको छैन ।

दी हिमालयन टाइम्स, दी काठमान्डू पोस्ट, माईरिपब्लिका र खबरहब डट कम सूचीमा छन् । पत्रकार र एक्सपर्टको सूची बनाएर त्यही १ मिलियन डलर खर्च प्रस्ताव भएको छ ।

नेपालमा एमसीसी संसदबाट पारित गर्न दबाब दिन मास एसएमएस, सामाजिक सञ्चालको प्रयोग, टीभीसी प्रसारणलगायतका कार्यक्रम प्रस्ताव गरिएको छ ।