अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंबाट सुनसरी जाँदै गरेको जीप दुर्घटना, चालकको मृत्यु

काठमाडौंबाट सुनसरी जाँदै गरेको जीप दुर्घटना, चालकको मृत्यु


सिन्धुली-सिन्धुलीको दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

आइतबार काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा पाँच जना घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी उपचारका लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय चालक मातृका भट्टराईलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा सोही ठाउँकी ३८ वर्षीया प्रमिला भट्टराई, उनका आठ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका १३ वर्षीय छोरा अतर्व भट्टराई घाइते भएका छन्।

घाइते चारै जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।