अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार कुँवर र खड्काद्वारा लिखित ‘शल्यक्रिया’ विमोचन

पत्रकार कुँवर र खड्काद्वारा लिखित ‘शल्यक्रिया’ विमोचन


काठमाडौं– पत्रकार लोग्शरी कुँवर र सञ्जय खड्काद्वारा खिलित पुस्तक ‘शल्यक्रिया’को आज विमोचन गरिएको छ । एक कार्यक्रमका साथ कुँवर र खड्काद्वारा लिखित बोक्सीप्रथा केन्द्रित अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’को काठमाडौंमा विमोचन गरिएको हो ।

समाजमा बोक्सीको आरोपमा मान्छेबाट मान्छेमाथि भइरहेको मध्ययुगीन बर्बरता र यो सम्बन्धी भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनबारे पुस्तकमा समेटिएको बताइएको छ ।

पुस्तकमा कुरीतिविरुद्धको सकारात्मक पाटो भएको बताउदै यो पुस्तक एउटा आलेख बन्न सक्ने कार्यक्रममा सहभागी भएकाहरूको प्रतिक्रया थियो ।