अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाज कल्याण परिषदका पदाधिकारीको सामुहिक राजिनामा

समाज कल्याण परिषदका पदाधिकारीको सामुहिक राजिनामा


काठमाडौं -समाज कल्याण परिषदका  पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले आज विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएका छन् ।

नयाँ सरकार आएपछि कतिपय नयाँ ढंगले काम गर्न सहज होस भनेर आफूहरुले सामुहिक राजिनामाको निर्णय गरेको परिषदका उपाधक्ष्य डा.पदप्रसाद खतिवडाले नेपाली बहस डट कमसँग भन्नुभयो ।
राजीनामा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज दुई पत्रकार सम्मेलनसमेत आयोजना गरिएको खतिवडाले जानकारी दिनुभयो। ।