अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रुति श्रेष्ठ पीजे क्लवको अध्यक्ष निर्वाचित

श्रुति श्रेष्ठ पीजे क्लवको अध्यक्ष निर्वाचित


काठमाडौं– फोटो पत्रकारहरूको छाता संगठन फोटो ुजर्नलिस्टु क्लब नेपालको एघारौँ साधारणसभाले श्रुति श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सिनामंगलस्थित पत्रकार महासंघको हलमा सम्पन्न सभाले सर्वसम्मत नयाँ पदाधिकारी चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्षमा द्वारिका प्रसाद काफ्ले र सचिवमा अमूल थापा चयन भएका छन्।

यसैगरी, सदस्यहरूमा विकास द्वारे, अंगद ढकाल, दीपेन श्रेष्ठ, स्कन्ध गौतम, लक्ष्मीप्रसाद नाखुसी, निशा भण्डारी र वर्षा शाह सर्वसम्मत चयन भएका छन्।

यसैबीच प्रविधि पत्रकार मञ्चमा गोपाल साउदको नेतृत्वको नयाँ कार्यसमिति चयन भएको छ ।