अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डा. तुलसी आचार्यद्धारा लिखित उपन्यास मोचनको विमोचन

डा. तुलसी आचार्यद्धारा लिखित उपन्यास मोचनको विमोचन


काठमाडौं- आइताबर साहित्यकार डा.तुलसी आचार्यद्धारा लिखित उपन्यास मोचन  को विमोचन भएको छ । समालोचक तथा कवि महेश पौड्याल, प्राध्यापक ज्ञानु अधिकारी, आख्यानकार तथा सम्पादक राजन मुकारुङ र सन्चारकर्मी टिकाराम यात्रीले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको हो ।

समसामायिकता र पुरुष मनोविज्ञानमा आधारित उक्त उपन्यासले धेरैको मन जित्नेमा विश्वस्त रहेको कार्यक्रममा सहभागीहरूले बताउनुभयो ।

विमोचन कार्यक्रमको संचालन सरोज घिमिरेले गर्नुभएको थियो भने शुभकामना मन्तव्य उपन्यासका प्रकासक फिनिक्स बुक्स  का गणेश सुवेदीले गर्नुभएको हो थियो ।

यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ ।

नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ ज्ञान समेत पस्किएको छ ।

लेखक आचार्यको यो नेपाली भाषाको पहिलो उपन्यास हो । अंग्रेजी उपन्यास रनिङ्ग फ्रम दि ड्रिम्ल्याण्ड पछिको दोस्रो हो । उहाँको अंग्रेजी गैरआख्यान पुस्तक सेक्स, जेण्डर र डिसेबिलिटि भन्ने पुस्तक लण्डनको प्रकाशन रुट्लेजले विस्व बजारमा ल्याइसकेको छ ।

सो कार्यक्रममा लेखक, पत्रकार, साहित्यकार तथा पाठकहरुको उपस्थिति रहेको थियो । साहित्य तथा सृजनशील लेखनमा स्नातकोतर गरेका आचार्यका पुस्तक अनलाईन गुगल गरेर पनि किन्न सकिन्छ ।