काठमाडौं -आज देशका हिमाली र पहाडी भागमा आंशिक बदली हुने र बाँकी स्थानमा मौसम सफा हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि पहाडी भेगमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
बुलेटिनमा भनिएको छ प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहने बुलेटिनमा उल्लेख छ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखका मौसमविद् राजु प्रधानांगले अब वर्षा एकदमै कम हुने र चिसोको मात्रा बढ्दै जाने जानकारी दिनुभयो।
‘उनका अनुसार आज बिहान साढे ५ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम ११ डिग्री सेल्सियस छ।







प्रतिक्रिया