अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बस्दै

केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बस्दै


काठमाडौं – केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बस्दैछ । अफगानी नागरिकहरु नेपालमा अवैध रुपमा प्रवेश गर्न थालेको विषयलाई लिएर सुरक्षा रणनीति तय गर्न सोमबार अपरान्ह ४ बजे सुरक्षा समितिको बैठक बोलाइएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बस्ने बैठकमा नेपाली सेनाका रथी, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल लगायत सहभागी हुनेछन् ।