अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अधिवक्ता रमण श्रेष्ठको प्रश्न- ‘प्रधानन्यायाधीशले मन्त्री बनाउने हो  र ?’

अधिवक्ता रमण श्रेष्ठको प्रश्न- ‘प्रधानन्यायाधीशले मन्त्री बनाउने हो  र ?’


काठमाडौं – नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले कार्यपालिकामा भाग खोजेर प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरेको आरोप लगाउनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनका क्रममा मंगलबार बोल्दै श्रेष्ठले जबराको नेतृत्वमा अब न्यायपालिका अघि बढ्न नसक्ने बताउदै तत्काल राजीनामा दिन माग गर्नुभएको छ ।

उहाँले सर्वोच्च अदालतका सबै न्यायाधीश, नेपाल बार, पूर्वन्यायाधीशलगायतले गलत भनिरहँदा जबरा केही नभएजस्तो गरेर बसिरहेको भन्दै तिहारसम्ममा राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन बसेको भन्दै आक्रोससमेत पोख्नुभयो ।

प्रधानन्यायाधीशको हैसियतमा जबराले गरेका सबै काम गलत भएको उहाँको टिप्पणी छ । जबराले निकास नदिएसम्म न्यायपालिका सुधार नहुने उहाँले बताउनुभयो ।

‘अब जबराको नेतृत्वमा न्यायालय स्वतन्त्र र भ्रष्टाचारविहीन हुँदैन, त्यसैले उहाँले राजीनामा दिनुपर्छ,’ श्रेष्ठले भन्नुभयो, ‘बारले दिएको समयसीमाभित्र राजीनामा नआए हामी तपाईंलाई छोड्दैनौं ।’