अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान


काठमाडौं – संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ ।

मंगलवार सिंहदरवारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया शुरु गर्दै उजुरी भए पठाउन १० दिनको समय निर्धारण गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

कर्णका अनुसार संसद सचिवालयले उजुरी आह्वानका लागि सुचना प्रकाशित गरेको अवधि नाघेपछि शिफारिसमा परेका राजदूतको सुनुवाई गरी अनुमोदनको प्रक्रिया शुरु हुनेछ ।

११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।