काठमाडौं – काग तिहारको अवसर पारेर काग सम्मेलन भएको छ । कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन् ।
काठमाडौंको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे काग सम्मेलन गरिएको हो । रमेशले कागको आवाज निकालेर काग जम्मा गर्ने गरेका छन् । १७३ जीव जनावर तथा चराचुरुंगीसँगै बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामनासहित काग सम्मेलन गरेको बताउनुभयो ।
‘काग भएका ठाउँमा आफै आउँछन् त्यसैले नभएको स्थानमा म काग बोलाउछु,’ रमेशले भन्नुभयो, ‘मैले नारायणहिटी दरबार अगाडि काग बोलाउने योजना पनि बनाएको थिएँ, तर त्यहाँ जाम हुन्छ भनेर यहीँ गरेको हुँ ।’
बुटवलमा एकपटक कार्यक्रममा जाँदा एउटा काग मर्दा सबै काग खोलामा आएर नुहाएको देखेपछि आफूलाई अझै लगाव बढेको उहाँले बताउनुभयो । उहाँले यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा झन्डै ६ महिना कागसँगै अन्य पशुपंक्षीको अध्ययन गरेको उल्लेख गर्नुभयो ।







प्रतिक्रिया