अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेश हमालले गाएको पहिलो गीत सार्वजनिक

राजेश हमालले गाएको पहिलो गीत सार्वजनिक


काठमाडौं – अभिनेता राजेश हमालले पहिलोपटक गाएको गीत सार्वजनिक गरिएको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल गाउनुभएको रोमान्टिक गीत ‘मन बुढो भएन’को भिडियो सार्वजनिक गरिएको हो । दीपक शर्माको शब्द तथा संगीतमा राजेशले पहिलोपटक गीत गाउनुभएको हो ।

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको यस गीतको भिडियोमा हमाल स्वयंले अभिनय गर्नुभएको छ । भिडियोमा उहाँले मोडल रेश्मा घिमिरेसँग अभिनय गर्नुभएको छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । चलचित्र करिअरको तीन दशकपछि हमालले पहिलोपटक गीत गाउनुभएको हो ।