अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीगण्डकीमा बेपत्ता युवाको गोताखोरमार्फत खोजी

कालीगण्डकीमा बेपत्ता युवाको गोताखोरमार्फत खोजी


गुल्मी – कालीगण्डकीमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका-८ का शंकर पौडेलको खोजी सशस्त्र प्रहरीको गोताखोरमार्फत भइरहेको छ ।

प्रादेशिक विपद् व्यवस्थापनबाट सशस्त्र प्रहरी निरीक्षक भूपालविक्रम शाहको नेतृत्वमा सात जनाको टोली घटनास्थल आएको छ । मलामी गएका पौडेल चार दिनदेखि सत्यवती गाउँपालिका-१ रुद्रवेणीघाटस्थित कालिगण्डकीमा बेपत्ता छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयास असफल भएपछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।