अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरी उपरीक्षक मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

प्रहरी उपरीक्षक मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार


काठमाडौं – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा. मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्नुहुने जनाएको छ ।

डा. मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख हुन् । उहाँले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।