अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हात्तीको आक्रमणबाट चितवनका एक युवकको मृत्यु

हात्तीको आक्रमणबाट चितवनका एक युवकको मृत्यु


चितवन-चितवनमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिवार राति राप्ती नदीको ड्यामसाइड घुम्न गएका व्यक्तिहरु माथि हात्तीले आक्रमण गरेको थियो ।

राप्ती-१ घलानचोक बस्ने २८ वर्षका सागर लामाको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो । लामासँग सोही ठाउँका ३५ वर्षीय कृष्ण लामा र २३ वर्षीय शक्ति गुरुङ पनि ड्याम साइड घुम्न जानुभएको थियो ।

हात्तीले लखेटेपछि भागेका सागरको बिहान मकवानपुरको मनहरी-खयरघारीमा शव भेटिएको हो।

हात्तीको आक्रमणबाट कृष्ण लामा पनि घाइते भएका छन् ।