अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहचालकले चलाउँदा बस दुर्घटना

सहचालकले चलाउँदा बस दुर्घटना


चितवन- सहचालकले बस चलाउँदा बाँकेको कोहलपुरबाट सौराहा जाँदै गरेको भे१ख २८३६ नम्बरको यात्रुबहाक बस बुधबार बिहान नारायणगढ लायन्सचोकको पुंगीखोलामा खसेको छ ।

प्रहरीका अनुसार चालकसँग अनुमति पत्र थिएन । बाँकेको कोहलपुरबाट मगर समाजको देउसीभैलो समूह बोकेर चितवनको सौराहा आउँदै गरेको उक्त बस बिहान करीब ८ :३० बजे लायन्सचोकस्थित पुंगीखोलामा खसेको थियो ।

शाही ट्राभल्सको उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटनामा बसका चालक विनोश शर्मा सामान्य घाइते भएका छन् । बाँकी यात्रुको सकुशल उद्धार गरेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र स्थानीयले गाडीको सीसा फुटाएर यात्रुको उद्धार गरेका थिए ।

बस चलाउने सहचालक रमेश कर्ण, चालक विनोद शर्मा र दुर्घटनामा परेको बस जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उक्त बसले लायन्सचोकमा म्याजिक भ्यान र एउटा अटोलाई ठक्कर दिएर पुंगीखोलामा खसेको प्रहरीले जनाएको छ ।