काठमाडौं – नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ .
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।







प्रतिक्रिया