अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन

अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन


दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा- ५ बाट १० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

झापा- ५ संसदीय क्षेत्रबाट दमका मेयर रोमनाथ ओली, कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेसहित होमबहादुर थापा, अम्बिका खनाल, दीपक कार्की, मदन अधिकारी, नारायण गौतम, सर्वतलाल राजवंशी, लीला कट्टेल र विष्णु खड्का चयन भएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।

झापा- ५ अध्यक्ष ओलीको निर्वाचन क्षेत्र पनि हो ।

यसैगरी दलित आरक्षणमा झापाबाट सोमनाथ पोर्तेल, छविलाल विश्वकर्मा र जसमाया गजमेर सर्वसम्मत चयन भएका छन् ।