अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्च अदालत जनकपुरमा पनि कानून व्यवासायीहरूको धर्ना

उच्च अदालत जनकपुरमा पनि कानून व्यवासायीहरूको धर्ना


जनकपुरधाम – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुरको मुल गेटमा नेपाल बार एसोसिएसन जनकपुरका पादधिकारीहरूले धार्ना दिएका छन् ।

नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्व कानून व्यवसायीहरूले आइतबार बिहान ११ बजेदेखि धर्नामा बसेका हुन् ।

‘न्यायपालिकामा शुद्धीकरणको लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित कानून व्यवसायीहरू उच्च अदालतको मुल गेटमै धर्ना दिएपछि उच्च अदालतको कामकावाही समेत प्रभावित भएको छ ।

नेपाल बार एसोसिएसनले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने निर्णयअनुसार आफूहरूले पनि धर्ना दिएको अभिवक्ता राजकुमार महासेठले बताउनुभयो । विवादमा मुछिएका  प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन थालेको हो ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको तथा बचौलियासँग साँठगाँठ गरेको लगायतका गम्भीर आरोप बार लगाउँदै आएको छ ।