अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी परेन

प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी परेन


काठमाडौं – संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित तीन राजदूतविरुद्ध व्यक्तिगत उजुरी नपरेको जनाएको छ ।  भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले उजुरी आह्वान गरे पनि नपरेको हो ।

दुई हप्ताअघि १६ कात्तिकमा भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको समितिले संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको थियो ।

उहाँहरूविरुद्ध उजुरी दिन समितिले दिएको १० दिनको समयमा व्यक्तिगत उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले न्युज कारखानालाई जानकारी दिनुभयो ।

‘प्रस्तावित राजदूतहरूविरुद्ध व्यक्तिगत उजुरी परेन । एउटा समावेशी प्रतिनिधित्व भएन भन्दै उजुरी परेको छ’, सभापति कर्णले भन्नुभयो ।

उहाँका अनुसार अब २ मंसिरपछि उहाँहरूको सुनुवाइ हुनेछ । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले तीनजनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएमा नियुक्ति प्रक्रियाअघि बढ्ने संवैधानिक व्यवस्था छ ।