अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर थप ३०६ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

देशभर थप ३०६ जनामा कोरोना पुष्टि, ६ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९  हजार ६०६  जनामा परिक्षण गर्दा ३०६ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ३४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४७७  पुगेको छ ।