काठमाडौं-गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा १७१ जना घाइते भएका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सिराहा, बारा, पर्सा, धादिङ, नवलपरासी पूर्व, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, कञ्चनपुर र कैलालीमा भएका दुर्घटनामा १३ जनाले ज्यान गुमाएका हुन्।
यस अवधिमा सबैभन्दा बढी मधेस प्रदेशमा ४४ जना घाइते भएका छन्। त्यस्तै, लुम्बिनी प्रदेशमा ३५, गण्डकीमा ३४ र कोसी प्रदेशमा २२ जना घाइते भएका छन्।
त्यसैगरी काठमाडौं उपत्यकामा १५, कर्णाली प्रदेशमा ९, सुदूरपश्चिम प्रदेशमा ७ र बागमती प्रदेशका काठमाडौं उपत्यकाबाहेकका जिल्लामा ५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा परी कुल १७१ जना घाइते भएका हुन्।
हेर्नुहोस् १३ जना मृतकको विवरण





प्रतिक्रिया