अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी अध्यक्ष दाहाल अस्पतालबाट फिर्ता

माओवादी अध्यक्ष दाहाल अस्पतालबाट फिर्ता


काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ ।

देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना हुनुभएको थियो ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उहाँलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतका कार्यक्रमपछि अस्वस्थ हुनुभएको थियो ।