काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शिष्टाचार भेटघाट भएको छ ।
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् । भेटमा अमेरिकी सहायकमन्त्री लुले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई अमेरिकी अनुदान सम्झौता (एमसीसी)बारे पार्टीगत धारणा सोध्नुभएको थियो। जवाफमा अध्यक्ष ओलीले आफ्नो दल सरकारमा नभएकाले एमसीसीबारे स्पष्ट पोजिसन नरहेको र सरकारले पनि यसबारे आफूहरुसँग कुनै परामर्श नगरेको बताउनुभयो । ‘फतिमा सुमारजी आउँदा पनि सरकारले एमसीसीबारे हामीसँग कुनै परामर्श गरेन र अहिले तपाईं आउँदा पनि गरेको छैन’ भन्ने ओलीको भनाइ छ ।
नेपालमा क्लिन इनर्जीको सम्भावना रहेको चर्चा गर्दै अमेरिकी सहायकमन्त्री लूले जलवायु संकटविरुद्ध अमेरिकाले मिलेर नेपालसँग लड्न चाहेको बताउनुभयो । कोभिड–१९ महामारी र स्वास्थ्य क्षेत्रको विकासमा पनि अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता लूले प्रतिवद्धता व्यक्त गर्नुभयो । खोपसहितका स्वास्थ्य सहायताप्रति अमेरिकी सहयोगप्रति ओलीले आभार व्यक्त गर्नुभयो ।
हदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओली र लूबीच भेटवार्ता भएको थियो । सहायकमन्त्री लूले आजै सरकारी अधिकारीहरुलाई पनि सिंहदरबारमा भेटवार्ता गरिरहेका छन् ।







प्रतिक्रिया