अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवाले भन्नुभयो- एमाले महाधिवेशनमा म आउँछु

प्रधानमन्त्री देउवाले भन्नुभयो- एमाले महाधिवेशनमा म आउँछु


काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने बताउनुभयो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अतिथि सत्कार समितिका संयोजक राजन भट्टराईले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो दिनुभएको थियो ।

‘म आइहाल्छु नि । तपाईंहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि,’ भन्नुहुँदै प्रधानमन्त्री देउवाले प्रतिवद्धता गर्नुभएको छ ।

एमालेको १०औं महाधिवेशन मंसिर १०-१२ गतेसम्म चितवनमा हुने भएको छ ।