अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर थप २३८ जनामा कोरोना पुष्टि, १ को मृत्यु

देशभर थप २३८ जनामा कोरोना पुष्टि, १ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ हजार १२३ जनामा परिक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ३७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४९६ पुगेको छ ।