अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसदलाई ज्ञापनपत्र बुझाउने

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसदलाई ज्ञापनपत्र बुझाउने


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ।

जबराको राजीनामा माग्दै तीन साताभन्दा लामो समयदेखि धर्ना र प्रदर्शन गर्दै आएको बारले सोमबार महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन लागेको हो।

सोमबार दिउँसो २ बजे सभामुख सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेकतलाई जबरालाई महाअभियोग लगाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिनुभयो ।

न्यायालय सुद्धीकरणका लागि जबरालाई न्यायालयको नेतृत्वबाट हटाउनुपर्ने बारको जिकीर छ ।