अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भन्सार छलेर ल्याउँदै गरेको साढे पाँच लाखभन्दा बढीको लत्ताकपडा बरामद

भन्सार छलेर ल्याउँदै गरेको साढे पाँच लाखभन्दा बढीको लत्ताकपडा बरामद


नेपालगञ्ज – भन्सार छलेर नेपाल ल्याइँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएको सशस्त्र प्रहरीको टोलीले सोमबार बिहान ४ बजे लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिनुभयो । तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले कपडा बरामद गरेको हो ।

टोलीले बाँकेको खजुरा गाउपालिका-७ सिमलघारीबाट भारतबाट लुकाइछिपाई नेपालगञ्ज ल्याउँदै गरिएको पाँच लाख ५८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताउनुभयो । उहाँका अनुसार बरामद लत्ताकपडामा दुई लाख ८८ हजार रुपैयाँ बराबरको सुट पाइन्टको २८८ थान, दुई लाख ७० हजार रुपैयाँ बराबरको ९० पिस  विवाहमा लगाउने साडी रहेका छन् ।

बरामद सबै लत्ताकपडालाई आवश्यक कारवाहीको लागि सोमबार दिउँसो नेपालगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिनुभयो ।