अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध


धनगढी – कैलालीको लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीका अनुसार स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । तर, पनि स्थिति शान्त बन्न सकेको छैन । अहिले सो स्थानमा सुरक्षाहरू परिचालन गरिएको छ । घटनापछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।