अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

पाँच घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग


धनगढी – कैलालीको लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको सडक अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ।

ट्रकको ठक्करबाट मृत्यु भएकी टिकापुर नगरपालिका–२ की ४० वर्षीया महिलाको शव टिकापुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

‘पाँच घण्टासम्म सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर गर्दै बल पूर्वक सडक सुचारु गराइएको छ,’ प्रहरी प्रमुख अधिकारीले भन्नुभयो, ‘महिलाको शव टीकापुर अस्पतालमा राखिएको छ, भोलि थप छलफल हुने छ ।’

बिहीबार दिउँसो १२ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की सडक खण्डमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै आक्रोशित स्थानीयले १२ बजेदेखि नै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका थिए । आन्दोलित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनीसमेत गरेका छन् ।