अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधी जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रधानमन्त्रीलाई बारको ज्ञापनपत्र

प्रधानन्यायाधी जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रधानमन्त्रीलाई बारको ज्ञापनपत्र


काठमाडौं – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

जबराको राजीनामा मागेर एक महिनादेखि धर्ना र विरोध कार्यक्रम गर्दै आएको बारले राजनीतिक दललाई गुहारेको हो । जबरालाई महाअभियोग लगाएर हटाउन आग्रह गर्दै बारले शुक्रबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

यसअघि बारले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई ज्ञापनपत्र बुझाएको थियो ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबन्डा खोजेको, न्याय सम्पादनमा अनियमितता गरेकोजस्ता आरोप लगाएर जबराको राजीनामा माग्दै बार आन्दोलनमा छ ।