अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँका सामान भित्र्याउन तातोपानी नाका तीन दिनका लागि खुला

दसैँका सामान भित्र्याउन तातोपानी नाका तीन दिनका लागि खुला


काठमाडौं-दसैँका लागि आवश्यक सामग्रीको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खुला गरेको हो।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको छ। चीनको सिचाङस्थित न्यालममा ४५ वटाभन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका छन्।

चीनले गत भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। चाडपर्वको समयमा नाका अस्थायी रूपमा खुलेपछि दसैँका सामान तथा अन्य आवश्यक वस्तुको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।