अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु


जनकपुरधाम – धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ ।

मिथिला नगरपालिका-२ नक्टाझिजमा शुक्रबार बिहान ट्याक्टरमा च्यापिएर क्षीरेश्वरनाथ नगरपालिका-७ का २५ वर्षीय चेतन महतोको मृत्यु भएको हो ।

स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज१त ४१७२ नम्बरको ट्याक्टर पल्टिँदा महतोको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतो ट्याक्टरमै बसेका थिए । महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रदेशिकक अस्पताल जनकपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।