अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराई-मधेस र जनताको माग पूरा गर्न प्रयास गरेको भन्दै अध्यक्ष महन्थले दिनुभयो- केपी ओलीलाई धन्यवाद

तराई-मधेस र जनताको माग पूरा गर्न प्रयास गरेको भन्दै अध्यक्ष महन्थले दिनुभयो- केपी ओलीलाई धन्यवाद


चितवन – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पूरा गर्ने प्रयास गरेकोमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिनुभएको छ ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले तराई-मधेस र मधेसी जनताको माग पूरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै उहाँलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उहाँले अब मधेस र मधेसी जनताको माग पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आएको स्मरण गराउँदै पूरा हुनेमा आफू आशावादी रहेको बताउनुभयो । अहिले पनि आफ्ना नेता कार्यकर्ता जेलमा रहेका र केहीले मुद्दा खेपिरहेको भन्दै उहाँले संविधान संशोधन गरेर आफूहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले एमाले महाधिवेशनको सफलताको शुभकामना दिनुभयो । साथै आगामी नेतृत्वका लागि पनि बधाई दिनुभयो ।