चितवन – एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिनुभएको छ ।
एमालेको १०औं महाधिवेशनलाई चितवनको नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवालाई धन्यवाद दिनुभएको हो ।
‘प्रधानमन्त्रीज्यू यहाँ आएर नेपाली कांग्रेसको तर्फबाट एमालेको महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिनुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भन्नुभयो ।
देउवा प्रधानमन्त्री भएको ६ महिनापछि ओली र देउवा सँगै मञ्चमा बसेका हुन् ।
प्रतिक्रिया