अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूको पार्टी होइन : ओली

नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूको पार्टी होइन : ओली


चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताउनुभएको छ । उहाँले यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएका बताउनुभयो ।  आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको दाबी गर्नुभयो । उहाँले अब नेपाली सन्ततिले दुःख, अशान्ति, बेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नु नपर्ने पनि बताउनुभयो । यस्ता विषय अब सिनेमा र डकुमेन्ट्रीमा मात्रै देखिने उहाँको भनाइ छ ।