अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा एमालेले बहुमत होइन दुई तिहाइ पाउँछ :  पार्वती रावल

आगामी निर्वाचनमा एमालेले बहुमत होइन दुई तिहाइ पाउँछ :  पार्वती रावल


चितवन – नेकपा एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले चितवन सबै हिसाबले आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ । एमाले १०औँ महाधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेले चितवनलाई महाधिवेशन स्थल बनाएकोमा खुसी व्यक्त गर्नुभयो ।

सो क्रममा उहाँले भन्नुभयो, ‘चितवन विकास निर्माण, शिक्षा क्षेत्र, स्वास्थ्य उपाचार केन्द्रहरू निर्माणका हिसाबले निकै अगाडि रहेको छ । यस्तै, पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली शर्मा नेतृत्वको सरकारले चितवनलाई रामग्राम क्षेत्रका रुपमा पनि विकास गरेको बताउनुभयो । उहाँले आगामी निर्वाचनबाट नेकपा एमाले बहुमत होइन दुईतिहाई मत पाउने दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत होइन । दुई तिहाइ पाउनेछ ।’

महाधिवेशन आयोजक जिल्ला सभापतिका हिसाबले उनले महाधिवेशन स्थल व्यवस्थापनमा सकारात्मक रचनात्मक भूमिका खेल्ने सबैलाई हार्दिक पनि दिइन धन्यवाद ।