अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु

कोशी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु


सप्तरी – कोशी ब्यारेजमा हाम फालेका एक जना व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको दमक नगरपालिका-६ घर भई स्वास्थ्य कार्यालय मोरङमा कार्यरत अहेव अग्निप्रसाद नेपालका ४५ वर्षीय छोरा सुभाष नेपाल रहेका छन् ।

सुभाषले शनिबार दिउँसो १२ बजे हनुमाननगर कंकालनी नगरपालिका-१ कोशी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेका थिए ।

हाम फालेको विषयमा स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खोज-तलास गर्ने क्रममा दिउँसो करीब  २:३० बजे सुभाषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । सुभाषले किन हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।