अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा


भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापा मारेको छ ।  पालिकाको खरिद र भुक्तानीमा अनियमितता गरेको आरोप अख्तियारमा परेको थियो । सोही अनुरुप नगरपालिकामा टोलीले छापा मारेको हो ।

टोली बिहान ११ बजे नै नगरपालिकामा पुगेको र दिउँसो साढे ४ बजे निस्केको थियो । करीब ५ घण्टाको बसाईमा नगरपालिकाको शाखागत रुपमा कागजातहरू अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार पाँच लाखभन्दा बढीको खरिद र भुक्तानीमा अनियमितता भएकोले छापा मारिएको हो । सो विषयमा थप अनुसन्धान गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

टोली भोली पनि पुनः नगरपालिकामा कागजात अध्ययनको लागि आउने छ । यससँगै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि टोलीले छापा मारेको अख्तियारका प्रवक्ता रिसालले बताउनुभयो ।