अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको नमस्तेको नेट्रोकमा खराबी हुँदा सेवाग्राही प्रभावित

हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको नमस्तेको नेट्रोकमा खराबी हुँदा सेवाग्राही प्रभावित


सिमकोट – हुम्लाको सर्केगाड गाउँपालिका-५ गोटी गाउँ नजिक रहेको नमस्तेको टावरमा खराबी आउँदा सो क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

टावरमा २३ गते बुधबारदेखि समस्या देखिएको सर्केगाड गाउँपालिका-४ का स्थानीय जसबहादुर शाहीले बताउनुभयो । टावरमा खराबी आउँदा सर्केगाड गाउँपालिकाको केन्द्र रहेको सर्केगाड बजार, वडा-१ को गोटी गाउँ, दल्ली, साँया, रोडीकोट, राहादेउ, पुमा, मेल्छामलगाएत क्षेत्रका सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

टेलिफोनले काम नगर्दा यतिखेर एक घन्टाको टाढा मुन्डीडाँडा पुगेर फोन गरेको किर्डाक नेपालमा कार्यरत ज्ञानेन्द्र पन्तले बताउनुभयो । नेपाल टेलिकम हुम्लाले भने युपिएच मोडिम बिग्रेको हुँदा यस्तो समस्या आएको बताएको छ ।

गाउँपालिका उपध्याक्ष जोसी धामीले नेपाल टेलिकम हुम्ला शाखालाई मर्मतको लागि भनिसकेको र सामान नभएकाले मर्मतमा ढिलाइ भएको बताएका छन् ।