अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण


जनकपुरधाम – धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताउनुभयो । खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताउनुभयो ।