अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीका सीडीओ र प्रहरी उपरीक्षकलाई कोरोना सङ्क्रमण

सर्लाहीका सीडीओ र प्रहरी उपरीक्षकलाई कोरोना सङ्क्रमण


सर्लाही – सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराउनुभएको थियो । 

सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बस्नुभएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।