अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीर अस्पतालका ३० जना भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण

बीर अस्पतालका ३० जना भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण


काठमाडौं -पछिल्लो केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा। भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताउँछन् । विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको डा। बस्नेतले बताए । बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।