अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ दलमा कुरा नमिल्दा सर्वदलीय बैठक बसेन

सत्तारुढ दलमा कुरा नमिल्दा सर्वदलीय बैठक बसेन


काठमाडौं -सत्तारुढ गठबन्धनका बीचमा कुरा नमिल्दा आजको सर्वदलीय बैठक बसेन । माओवादीका अध्यक्ष प्रचण्डले संसद विघटन गरेर संघीय सँसदको निर्वाचन गराउने प्रस्ताव गरेपछि काँग्रेस भित्रै यो प्रस्तावको पक्ष विपक्षमा दुई धार देखिएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल प्रचण्डको प्रस्तावमा सकारात्मक हुनुहुन्छ भने महामन्त्री गगन थापाले स्थनीय तहकै निर्वाचन गर्नुपर्ने अडान राख्ननु भएको छ । माओवादीको एजेण्डामा काँग्रेस हिड्नु नहुने दोस्रो पुस्ताले प्रधानमन्त्री देउवालाई सुझाएको छ ।
यता माधव नेपाल पनि प्रचण्डको प्रस्ताव स्विकार गरेर स्थानीय तह र संसद दुवै विघटन गरेर संसदको निर्वाचन गराउने र सथानीय तह कर्मचारीबाट सञ्चालन गर्ने योजनामा हुनुहुन्छ । आजको बैठकमा साझा धारणा के लैजाने भन्ने बिषयमा कुरा नमिल्दा बैठक नै रोकिएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले चाँही आज बैठक नै नबोलाइएको सञ्चार माध्यमहरुलाई बताउनुभएको छ ।