अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज विश्व कुष्ठराेग दिवस मनाइँदै

आज विश्व कुष्ठराेग दिवस मनाइँदै


काठमाडौं- जनवरी महिनाकाे अन्तिम आइतबार आज । हरेक वर्ष जनवरी महिनाकाे अन्तिम आइतबार विश्व कुष्ठराेग दिवस मनाइने गरिन्छ । त्यसैले आज नेपालमा पनि ६९‍औं विश्व कुष्ठराेग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९५४ देखि कुष्ठराेगविरुद्ध जनचेतना फैलाउने उद्देश्यले विश्वभर याे दिवस मनाउन थालिएकाे हाे।

नेपालले सन् २०१० मा नेपालबाट कुष्ठराेग हराएकाे घाेषणा गरेकाे थियाे । यद्यपि नयाँ बिरामी भने देखिन थालेका छन् । सरकारी तथ्यांक अनुसार हरेक वर्ष तीन हजारभन्दा बढी कुष्ठराेगका बिरामी थपिने गर्दछन् ।

माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणले कुष्ठराेग लाग्ने गर्छ ।

कुष्ठराेगकाे समयमै उपचार हुनुपर्दछ । यसाे नभएकाे खण्डमा बिरामी अपांग हुनेमात्र नभई ज्यानै गुमाउने सम्भावना हुने चिकित्सकहरू बताउँछन् ।

नेपालका १७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन ।

उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा अझै पनि कुष्ठराेग हट्न नसकेकाे हाे ।

बिरामीमाथि हुने सामाजिक विभेदका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको  चिकित्सकहरू बताउँछन् ।