अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भिडभाड हुने कार्यक्रम बन्द गर्न एमाले झापाको आग्रह

भिडभाड हुने कार्यक्रम बन्द गर्न एमाले झापाको आग्रह


झापा – नयाँ नयाँ भेरियन्टको कोभिड १९ संक्रमण दिन प्रतिदिन फैलिइरहेकाले नेकपा एमाले झापाले सबै किसिमका राजनीतिक, सामाजिक, धार्मिक लगायतका भिडभाड हुने कार्यक्रमहरु हाललाई बन्द गरिदिन आम जनसमुदायमा आग्रह गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य मापदण्डलाई पालना गरी सचेततापूर्वक आफ्नो दैनिक जीवन सञ्चालन गर्न, आ(आफ्नो ठाउँबाट स्वयमसेवी भूमिका निर्वाह गर्न र संकटमा परेका मानिसको सेवामा आफूलाई अग्रपंक्तिमा उभ्याउनसमेत अपील गरेका छन् ।

संक्रमणका अघिल्ला चरणहरुमा हाम्रो पार्टीका समर्थक, शुभचिन्तक, जनप्रतिनिधि, कार्यकर्ता तथा नेतृत्व वर्गले जनस्तरमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै प्रेस विज्ञप्तीमा भनिएको छ, यसरी नै जनतालाई संक्रमणको जोखिमबाट बचाउन र यसले पार्ने नकारात्मक प्रभाव र चुनौतिको सामना गर्न सबै पक्षको एकता र सहयोगको उत्तिकै जरुरी छ ।