अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा हिजो ज्ञानेन्द्रको, आज प्रचण्डको मोहोरा : महासचिव पोखरेल

प्रधानमन्त्री देउवा हिजो ज्ञानेन्द्रको, आज प्रचण्डको मोहोरा : महासचिव पोखरेल


काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो मोहरा बनाएको बताउनुभएको छ ।
पाँच दलीय गठबन्धनले आइतवार बसेको बैठकबाट आगामी वैशाखमा स्थानीय तह निर्वाचन नगर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमा लेख्दै पोखरेलले यस्तो आरोप लगाउनुभएको हो ।

पोखरेलले देउवाकै कारण २०५८ साले प्रतिगमन भएको पोखरेलको जिकिर छ ।

देउवाले २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिदिएका थिए। त्यसपछि ०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवा चुनाव गराउन असक्षम रहेको घोषणा गर्दै देउवालाई बर्खास्दगी गरिएको थियो ।

त्यही प्रसंगलाई लिएर महासचिव पोखरेलले देउवामाथि आक्रोश पोख्दै अहिले प्रचण्डको मोहरा बनेको आरोप लगाएका हुन्।

ुहिजो देउवा चुनाववाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो,ु पोखरेलले लेख्नुभएको छ आज पुनः देउवालाई मोहरा बनाइँदैछ। हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड ।