अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान अनुसार स्थानीय तहको निर्वाचन हुन्छ : सञ्चार मन्त्री

संविधान अनुसार स्थानीय तहको निर्वाचन हुन्छ : सञ्चार मन्त्री


काठमाडौं -सरकारले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण राख्दै जनभावनाअनुसार तीन वटै तहका निर्वाचनहरू समयमै सम्पन्न हुने प्रष्ट्याएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै तीनै तहका निर्वाचन हुने बताउनुभएको छ ।

‘हामी संविधानले व्यवस्था गरेअनुसार स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गर्ने छौं,’ सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले भन्नुभयो, ‘जनताको सार्वभौमिक अधिकारलाई अक्षुण राख्दै जनताको भावनाअनुसार नै निर्वाचनहरू समयमै सम्पन्न हुने कुरा स्पष्ट पार्न चाहन्छु।’

सरकार संविधानमा भएको व्यवस्थाअनुसार स्थानीय निर्वाचनको व्यवस्था गर्ने जिकिर गर्दै उनले संविधान र कानुनमा केही अन्‍नतरद्वन्द्व देखिएको बताए।
संविधान र कानुनमा देखिएका अन्तरद्वन्द्वले केही दुविधाहरु सिर्जना गरेको भन्दै कार्कीले भन्नुभयो, ‘यसमा केही दिन अगाडि सम्माननीय प्रधानमन्त्रीजीकै अध्यक्षतामा बसेको पाँच दलीय उच्च राजनीतिक संयन्त्रमा कानुनविद्हरुसँग परामर्श भएको छ। उहाँहरुले संविधान र कानुनसँग बाझिएका हदसम्मका जुन व्यवस्था छ त्यसमा संविधान नै मान्यताप्राप्त हुने स्थापित मान्यता भएको हुनाले संविधान बमोजिम कानुनलाई मिलाएर अगाडि बढाउने सल्लाह छ।’