अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवालाई संवैधानिक व्यवस्था सम्झाउदै राष्ट्रपति भण्डारीले भन्नुभयो : समय मै चुनाव गराउनुहोस

प्रधानमन्त्री देउवालाई संवैधानिक व्यवस्था सम्झाउदै राष्ट्रपति भण्डारीले भन्नुभयो : समय मै चुनाव गराउनुहोस


काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन समयमै गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई स्मरण गराउनुभएको छ ।
आज साँझ राष्ट्रपतिलाई भेट्न शितल निवासमा पुग्नु भएका देउवालाई राष्ट्रपति भण्डारीले संविधान र कानुनको व्यवस्था स्मरण गराउनुभएको हो । ‘संविधान र कानुनको जे व्यवस्थ छ त्यसै अनुसार समय मै निर्वाचन गर्नु पर्दछ’ राष्ट्रपतिको भनाइ उधृत गर्दै उहाँका प्रेस सल्लाहकार टिका ढकालले भन्नुभयो ‘तोकिएको समयमा निर्वाचन नहुँदा अनेकन संवैधानिक जटिलत सृजना हुनसक्छन् । त्यसैले संविधानको मर्म अनुसार चुनाव गर्नुपर्दछ । ’
शितल निवासबाट फर्किएपछि प्रधानमन्त्री देउवाले केही मन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिले भनेको कुरा सुनाउनुभएको छ । एक मन्त्रीका अनुसार ‘राष्ट्रपतिले चुनाव गर भनेर दबाब दिनु भएको छ । के गर्ने हो निर्णय लिनुप¥यो ।’